Kathmandu Press

चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढ्यो 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो। 
चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढ्यो 

काठमाडौं, मंसिर २९ : चार महिनाको अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो। 

Hardik ivf

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । गएको कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेकोछ । गत वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ। 

गत वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो । तथ्याङक अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो।

प्रकाशित मिति: १७:१४ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्