Kathmandu Press

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका नेपाल मेडिकल कलेजका बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, जेठ ६ : नेपाल मेडिकल कलेज अत्तरखेलकी एक बिरामीको आरडिटी परीक्षणको क्रममा एन्टिबडी पोजेटिभ देखिएकी बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। गो....

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका नेपाल मेडिकल कलेजका बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, जेठ ६ : नेपाल मेडिकल कलेज अत्तरखेलकी एक बिरामीको आरडिटी परीक्षणको क्रममा एन्टिबडी पोजेटिभ देखिएकी बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले ती बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाएको छ। आइतबार राति डेलिभरीका लागि अस्पताल भर्ना भएकी उनमा एन्टिबडी पोजेटिभ आएपछि स्वाब संकलन गरेर पाटन अस्पताल पठाइएको थियो। 

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका डाक्टरसहित ३० जना क्वारेन्टाइनमा बसेका थिए। 

स्वास्थ्य शाखाका अनुसार मंगलबार करिब ४०० जनाको आरडिटी परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ। उनलाई नेपाल मेडिकल कलेजको आइसोलेसनमा राखिएको छ। यस्तै गोकर्णेश्वर नगरपालिकाका २०९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ।

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्