सामान्य अंकले बढ्यो नेप्से
आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौं, मंसिर २९ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक छ दशमलव ७४ अंमले बढेर दुई हजार ६०१ .६१ को बिन्दुमा कायम भएको हो ।
आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ ०.७२, विकास बैंक ०.३३, वित्त ०.९०, जनविद्युत् ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।
अरु सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन ०.११, लगानी ०.०८, म्युचुअल फण्ड शून्य दशमलव ११ र अन्य समूह ०.१७ प्रतिशतले घटेको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।












