काठमाडौं बागबजारको प्रेसका कामदारमा कोरोना संक्रमण
काठमाडौं, जेठ ६ : मंगलबार काठमाडौंमा थपिएका तीन कोरोना संक्रमित मध्ये एक जना बागबजारको प्रेसका कामदार रहेको खुलेको छ।
काठमाडौं महानगरपा....

काठमाडौं, जेठ ६ : मंगलबार काठमाडौंमा थपिएका तीन कोरोना संक्रमित मध्ये एक जना बागबजारको प्रेसका कामदार रहेको खुलेको छ।
काठमाडौं महानगरपालिका २८ बागबजारको होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्तिमा संक्रमण पाइएको हो। उनी केही दिन अघि भैरहवाबाट काठमाडौंबाट आएका खुलेको छ।
संक्रमित भेटिएसँगै उक्त ठाउँ सिल गर्ने तयारी भइरहेको छ। साथै, संक्रमितको अवस्था सामान्य रहेको र उनलाई आइसोलेसनमा राखिएको छ।
प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











