Kathmandu Press

गुडविभमा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

अध्यक्ष उवराज भण्डारीले गलैँचा उद्योगलाई बाल श्रममुक्त बनाउने अभियानलाई निरन्तरता दिँदै संस्थाले बालअधिकारको संरक्षण र सम्वद्र्धनमा काम गरिरहने बताए। त्यसैगरी महासचिव किरण थापाले संस्थाले स्थापना कालदेखि नै गलैंचा उद्योगमा श्रमिकका रुपमा कार्यरत बालबालिकाको उद्धार, शिक्षा, शिप तथा पुनस्र्थापनाका कार्यक्रम गर्दै आएको र भविष्यमा पनि बालअधिकार सुनिश्चितताको लागि नविनत्तम गतिविधिहरु गर्दै अगाडि बढ्ने जनाए।
गुडविभमा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं, मंसिर २८ : नेपाल गुडविभ फाउन्डेसनको ३०औं वार्षिक साधारण सभा तथा १५औं अधिवेशनले उबराज भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। 

नयाँ कार्यसमितिको उपाध्यक्षमा बलराम गुरुङ, महासचिव किरण थापा, कोषाध्यक्षमा कल्पना तिमिल्सिना छन्। त्यसैगरि सदस्यहरुमा आत्माराम चापागाईं, सिर्जना जिसी, चित्रबहादुर बस्नेत, अन्जु श्रेष्ठ र अमिर भट्टराई छन्। संस्था नेपाली गलैँचा उद्योगलाई बाल श्रममुक्त बनाउने अभियानमा तीन दशकदेखि सक्रिय रहँदै आएको छ।

नव गठित कार्यसमितिका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बरिष्ठ अधिवक्ता एवं नेपाल गुडविभ फाउन्डेसनको संस्थापक अध्यक्ष विनोद बहादुर कार्कीले प्रमाणपत्र प्रदान गरे। संस्थापक अध्यक्ष कार्कीले नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले रगमार्क फाउन्डेसनको रुपमा सुरु गरेको यस संस्थाले हालसम्म ५ हजारभन्दा बढी गलैँचा उद्योगका बाल श्रमिकको उद्धार, शिक्षा तथा पारिवारिक पुनर्मिलन गराइसकेको जानकारी दिए।

Hardik ivf

कार्यक्रममा अध्यक्ष उवराज भण्डारीले गलैँचा उद्योगलाई बाल श्रममुक्त बनाउने अभियानलाई निरन्तरता दिँदै संस्थाले बालअधिकारको संरक्षण र सम्वद्र्धनमा काम गरिरहने बताए। त्यसैगरी महासचिव किरण थापाले संस्थाले स्थापना कालदेखि नै गलैंचा उद्योगमा श्रमिकका रुपमा कार्यरत बालबालिकाको उद्धार, शिक्षा, शिप तथा पुनस्र्थापनाका कार्यक्रम गर्दै आएको र भविष्यमा पनि बालअधिकार सुनिश्चितताको लागि नविनत्तम गतिविधिहरु गर्दै अगाडि बढ्ने जनाए।

साधारण सभाको अगाडि राजधानीमा सम्पन्न एक कार्यक्रममा संस्थाको वार्षिक सामाजिक परिक्षण पनि गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक परिक्षण विज्ञ सन्तोष महर्जनले संस्थाको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरे। प्रमुख अतिथि खरेलले गुडविभले बालअधिकारको सुनिश्चितता गर्दै राष्ट्रिय अर्थतन्त्रलाई उकास्ने काम गरेको बताउँदै यसमा मानव अधिकार आयोग समन्वय र सहकार्य गर्न तयार रहेको जनाए।

समाज कल्याण परिषद्की कायममुकायम निर्देशक भगवती संग्रौला, कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, गैरसरकारी संस्था महासंघका महासचिव देवी खड्कालगायतले गुडविभले नेपाली गलैँचा क्षेत्रमा बाल श्रम उन्मुलन र बालअधिकार प्रवद्र्धनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे।

गाउँबाट गलैँचा बुन्न काठमाडौं ल्याइएका र यहाँ ठेकेदार तथा साहुले दुब्र्यवहार गरेपछि गुडविभले उद्धार गरेर शिक्षा तथा आवासको सुविधा दिएका बालबालिकाका विषयमा तयार पारिएको एक वृत्तचित्र ‘ब्युँझिएका सपना’ कार्यक्रममा प्रस्तुत गरिएको थियो। 

त्यसैगरी गुडविभलाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, केशरबहादुर खड्का, फेल्ट यार्न प्रालि, सबिनाकुमारी श्रेष्ठ, डा।रुपा मुननकर्मीलगायतलाई सम्मान गरियो।

सन् १९९५ मा स्थापित यस संस्थाले हजारौं बाल श्रमिकको उद्धार गरि उनीहरुलाई शिक्षा, आवास, रोजगारीदेखि पारिवारिक पुनर्मिलनसम्म गरिसकेको छ। संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल गुडवीभ इन्टरनेसनलसँगको सहकार्यमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ। 

संस्थाले आवधिक बालगृह ‘हाम्रो घर’ सञ्चालन गरि बालबालिकालाई आवास तथा शिक्षाको सुविधा प्रदान गरेको छ।
 

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्