Kathmandu Press

पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ क्लब साफ क्लब महिला च्याम्पियनसिपको शीर्ष स्थानमा

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–०ले हराउँदै एपिएफ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो। 
पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ क्लब साफ क्लब महिला च्याम्पियनसिपको शीर्ष स्थानमा

काठमाडौं, मंसिर २८ : साफ क्लब महिला च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–०ले हराउँदै एपिएफ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो। 

एपीएफको जितका रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन्। 

उनले खेलको ५२औं मिनेटमा गोल गरेकी थिइन्। रेनुका नगरकोटेका पासमा उनले हेडिङमार्फत गोल गरेकी थिइन्।

जितसँगै एपीएफले ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। लिग चरणको चार खेल खेलिसकेको कराँची लगातार दुई हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

अब एपीएफले लिग चरणमा भारतको इस्ट बंगला एफसीसँग अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्