Kathmandu Press

एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि हुने

नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ।
एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि हुने

काठमाडौं, मंसिर २८ : नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ। 

नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ।

गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार गरिएको पनि अध्यक्ष चन्दले बताए।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार पाउने छन्। 

प्रतियोगिताका उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम दशौं पिएम कप, एनभिए महिला तथा पुरुष लिगमा छनोट हुनेछन्।

 टिम दर्ताका लागि पुस ५ गतेसम्म समय तोकिएको महासचिव रोशन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्