Kathmandu Press

सुनकोशी नदीमा बेपत्ता दुई युवाको शव फेला

सिन्धुली, जेठ ६ : सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जा....

सुनकोशी नदीमा बेपत्ता दुई युवाको शव फेला

सिन्धुली, जेठ ६ : सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो।

दुवैजनाको शव मंगलबार खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। सुनकोशीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो। 

शव फेला परेपछि मुचुल्काका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका–४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए।

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्