Kathmandu Press

कोरोनालाई जितेर घर फर्किए झापाका ६२ वर्षीय पुरुष

काठमाडौं, जेठ ६ : झापाका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

मंगलबार झापाका कोरोना संक्रमित ६२ वर्षीय ....

कोरोनालाई जितेर घर फर्किए झापाका ६२ वर्षीय पुरुष

काठमाडौं, जेठ ६ : झापाका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

मंगलबार झापाका कोरोना संक्रमित ६२ वर्षीय पुरुष पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार ती पुरुष अस्पताल भर्ना भएको २५ औं दिनमा डिस्चार्ज भएका हुन्। नेपालमा कोरोना संक्रमित ४०२ मध्ये कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ। 

मंगलबार उनी निको भएर घर फर्किँँदा झापामै ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 
 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्