कपिलवस्तुमा पनि थपिए चार जना कोरोना संक्रमित
काठमाडौं, जेठ ६ : कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार रुपन्देहीको भैरहवास्थित प्रयोगशालामा गरि....

काठमाडौं, जेठ ६ : कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार रुपन्देहीको भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका थप चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। प्रवक्ता देवकोटाका अनुसार संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन्।
कोरोना संक्रमितको स्थायी र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ३६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। तीमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ।











