Kathmandu Press

‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै

महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ मेला आयोजना गर्न लागेको हो ।
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
Hardik ivf

काठमाडौं, मंसिर २८ : काठमाडौं महानगरपालिकोको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ ।

महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ मेला आयोजना गर्न लागेको हो । स्थानीय पहिचान प्रवद्र्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त मेला नक्सालस्थित नन्दकिशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ । मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक÷एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ०८:५५ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्