लुम्बिनी बन्यो एनपिएलको च्याम्पियन, सुदूरपश्चिमको च्याम्पियन बन्ने सपना अधुरै
पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ।-1765629162.jpg)
काठमाडौं, मंसिर २७ : लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको नयाँ च्याम्पियन बनेको छ। पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ।
शनिबार टियू रंगशालामा भएको फाइनलमा सुदूरुपश्चिम रोयल्सलाई ६ विकटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। यता, लगतार दोस्रो फाइनल खेले पनि सुदूरपश्चिमको च्याम्पियन बन्ने सपना अधुरै भएको छ। पहिलो सिजन ऊ जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। उसले २ सिजनकाे ४ खेल मात्र हारेकाे छ।
फ्रेन्चाइजी लिगकै सबैभन्दा सानो ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि निदेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेका थिए। यस्तै, रोहित पौडेललले १६, डार्सी सर्टले १४ र निरोशन डिक्वेलाले ११ रन बनाए।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले २ र अविनाश बोहरा र दीपेन्द्रले समन १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपशिचम १९।१ ओभरमा ८५ रनमै अलआउट भयो। पावर प्लेमै ३ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। त्यसपछि लुम्बिनी स्पिनहरुले लागतार विकेट लिएपछि सुदूरपश्चिम सस्तैमा समेटियो।
लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा १ चौका प्रहार गरे। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रन बनाए।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। उलने ११औं ओभको चौथो, पाँचौं र छैठौं ओभरमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई पभेलियन पठाउँदै एनपिएल फाइलनको पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाए। यो एनपिएलको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडौं गोर्खाजका साहब आलमले ह्याट्रिक लिएका थिए। रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए।
यस्तै, रुबेन त्रुम्पेलमनले २।१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिँदा शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट नै लिए।









-1765629162.jpg)


