Kathmandu Press

झापामा एकैदिन ९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ६ : झापामा एकैदिन ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा झापाका ९ जनामा कोरोना....

झापामा एकैदिन ९ जनामा कोरोनाको संक्रमण पुष्टि
सांकेतिक

काठमाडौं, जेठ ६ : झापामा एकैदिन ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा झापाका ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

झापा ९ सहित कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासी समान एक–एक जनामा गरी मंगलबार २७ जना कोरोनाको संक्रमण भेटिएको प्रवक्ता देवकोटाले बताए।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु १७ देखि ४२ वर्ष उमेरका छन्। कोरोना संक्रमितको स्थायी ठेगाना र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। तीमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्