Kathmandu Press

युवाको भावनाअनुरुप काम गर्नुपर्छ : नेतृ भुसाल

जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउदै उनले युवापुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरिन्।
युवाको भावनाअनुरुप काम गर्नुपर्छ : नेतृ भुसाल
फाइल तस्बिर।

बागलुङ, मंसिर २७ : नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छिन्।

प्रेस सेन्टर नेपालले योजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताइन्।

Hardik ivf

जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउदै उनले युवापुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरिन्।

नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताइन्। 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, मंसिर २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्