Kathmandu Press

बुबाको हत्या गरेर फरार रहेकी छोरी पक्राउ

इलाम, जेठ ६ : आफ्नै बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ। ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी सुष्मा....

बुबाको हत्या गरेर फरार रहेकी छोरी पक्राउ
प्रतिकात्मक फोटो

इलाम, जेठ ६ : आफ्नै बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ। ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी सुष्मालाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेको हो।

इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ। सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गरी आजै सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

उनका अनुसार घटनास्थलबाट दक्षिणतर्फको जंगलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको हो। उनको साथबाट बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्