Kathmandu Press

पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार पुगे

इस्लामाबाद, जेठ ६ : पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ पुगेको छ। पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जन....

पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार पुगे

इस्लामाबाद, जेठ ६ : पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ पुगेको छ। पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ। 

प्राप्त विवरण अनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन्। 

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन्। पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्