Kathmandu Press

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको पार्टीले जनाएको छ।
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौं, मंसिर २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको पार्टीले जनाएको छ। 

Hardik ivf

‘केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल र गाउँ समिति शीघ्र गठन गर्नेलगायतका सङ्गठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ,’ प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भने।

चुनावी प्रचारप्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्य योजनाबद्ध रुपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम तथा कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचारप्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।  

 

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्