Kathmandu Press

बिरामीको नाममा यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा

डोटी, जेठ ६ : लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसारेको आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बुडरल....

बिरामीको नाममा यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा
प्रतिकात्मक फोटो

डोटी, जेठ ६ : लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसारेको आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको से १ झ ३३४ नम्बरको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको हो।

एम्बुलेन्समा चालकसहित पाँच जना सवार र केही सामान बोकेको पाइएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख कर्णबहादुर रौलेले बताए। उनले भने, “गाडी जाँचका क्रममा एम्बुलेन्समा यात्रु बोकेको पाइएपछि हामीले नियन्त्रणमा लिएका छौँ, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छौँ, बाँकी माथिको आदेश आएपछि कारवाही हुनेछ।”

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका समयमा यहाँका एम्बुलेन्स, सरकारी गाडी तथा खाद्यान्नलगायतका सावारी साधनले यात्रु बोक्ने गरेको गुनासो आएपछि प्रहरीले जाँचमा कडाइ गर्न थालेको छ। प्रहरीले नियन्त्रणमा लिएका एम्बुलेन्स, चालक तथा यात्रुलाई इलाका प्रहरी कार्यालय बुडरमा राखिएको छ।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्