Kathmandu Press

टप अर्डर कोल्याप्स हुँदा काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको झिनो लक्ष्य

कीर्तिपुरस्थित टियू रंगशालामा जारी खेलमा टप अर्डर कोल्याप्स भएपछि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा ११० रनमै अलआउट भयो। यो जारी प्रतियोगिताकै पहिलो इनिङको कम स्कोर हो। 
टप अर्डर कोल्याप्स हुँदा काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको झिनो लक्ष्य

काठमाडाैं, मंसिर २४ : नेपाल प्रिमियर लिगको एलिमिनेटरमा काठमाडौं गोर्खाजले खराब ब्याटिङ गरेको छ। 

कीर्तिपुरस्थित टियू रंगशालामा जारी खेलमा टप अर्डर कोल्याप्स भएपछि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा १११ रनमै अलआउट भयो। यो जारी प्रतियोगिताकै पहिलो इनिङको कम स्कोर हो। 

Hardik ivf

उसले टप चार ब्याट्सम्यान पावर प्लेमै गुमाएको थियो। उसका लागि युवा अलराउन्डर सन्तोष यादवले १७ बलमा सर्वाधिक २३ रन बनाए। यस्तै, मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाउँला भीम सार्कीले १४ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान ३ विकेट लिँदा रुबेन त्रुमपेलमनले २ विकेट लिए।

आजको खेलको विजेताले क्वालिफायर २मा विराटनगर किंग्सको सामाना गर्ने छ भने पराजित हुने टिम बाहिरिने छ।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, मंसिर २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्