Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक सय ३१

जनकपुरधाम, जेठ ६ : प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी क....

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक सय ३१

जनकपुरधाम, जेठ ६ : प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्यांकमा गत आइतबारसम्म यो संख्या एक सय २२ रहेको थियो। सोमबार नौ नयाँ संक्रमित भेटिएपछि यसको संख्या एक सय ३१ पुगेको छ।

संक्रमितको संख्या बढेसँगै लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन्। यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते  वीरगञ्जमा तीन जनामा संक्रमण देखिएको थियो। 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्