Kathmandu Press

सुदूरपश्चिम लागतार दोस्रो पटक एनपिएलको फाइनलमा

मंगलबार भएको क्वालिफायर १मा विराटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
सुदूरपश्चिम लागतार दोस्रो पटक एनपिएलको फाइनलमा

काठमाडौं, मंसिर २३ : सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ। मंगलबार भएको क्वालिफायर १मा विराटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

यसअघि पहिलो सिजनमा पनि सुदूरपश्चिम क्वालिफायर १ को विजेताकै रुपमा फाइनलमा पुगेको थियो। तर, ऊ फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

Hardik ivf

१५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट भयो। पहिलो २ ओभरमै ३ विकेट गुमाएपछि विराटनगर दबाबमा आएको थियो। उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउँदा मर्चेन्ड डे ल्याङले १५ र बासिर अहमदले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।

विराटनगरको इनिङ धरासायी बनाउने क्रममा सुदूरपशिचमका स्कट कुगुलेइन, हर्मित सिंह र अविनाश बोहराले समान २ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले पनि १ विकेट लिए।

त्यसअघि टियू क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो। सुदूरपश्चिमका लागि इनफर्म ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक बनाए। उनले ५२ बलमा ३ चौका र २ छक्का मद्दतमा ६३ रन बनाए। यस्तै, शेल्डन ज्याक्सन र आरिफ सेखले समान २० रन बनाउँदा हर्मित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तार अहमदले १० रन बनाए।

बलिङमा विराटनगरका लागि मर्चेन्ड डे ल्याङ र प्रतिश जिसीले समान २ विकेट लिँदा नरेन भट्ट र साम हेजलेटले समान १ विकेट लिए। सन्दीप लामिछाने विकेटबिहीन भएपनि उनले ४ ओभरमा १६ रन मात्र खर्चिए।

क्वालिफायर १ मा पराजित भएपछि विराटनगरसामू फाइलन पुग्ने अर्को मौका छ। अब उसले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटरको विजेतासँग क्वालिफायर २ खेल्ने छ।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्