क्वालिफायर १मा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको चुनाैतीपूर्ण लक्ष्य
टियू क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाउँदै विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।
काठमाडाैं, मंसिर २३ : नेपाल प्रियिमर लिगको दोस्रो सिजनको क्लालिफायर १मा विराटनगर किंग्सले १५६ रनको लक्ष्य पाएको छ।
टियू क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाउँदै विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।
सुदूरपश्चिमका लागि इनफर्म ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक बनाए। उनले ५२ बलमा ३ चौका र २ छक्का मद्दतमा ६३ रन बनाए। यस्तै, शेल्डन ज्याक्सन र आरिफ सेखले समान २० रन बनाउँदा हर्मित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तार अहमदले १० रन बनाए।
बलिङमा विराटनगरका लागि मर्चेन्ड डे ल्याङ र प्रतिश जिसीले समान २ विकेट लिँदा नरेन भट्ट र साम हेजलेटले समान १ विकेट लिए। सन्दीप लामिछाने विकेटबिहीन भएपनि उनले ४ ओभरमा १६ रन मात्र खर्चिए।
प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1743858424.png)








