Kathmandu Press

६ दिनपछि बढ्यो नेप्से

मंगलबार कुल ३३१ स्टकको ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ६२ हजार ६६५ पटकको कारोबारमा भएको हो।
६ दिनपछि बढ्यो नेप्से

काठमाडौं, मंसिर २३ : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अंकमा उक्लीएको छ। अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसुचक आज भने बढेर बन्द भएको हो।

सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ। आजको बजारमा नेप्से बढेपनि करोबार रकमभने घटेको छ।

Hardik ivf

मंगलबार कुल ३३१ स्टकको ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ६२ हजार ६६५ पटकको कारोबारमा भएको हो।

१४८ स्टकको मूल्य बढ्दा १०१ स्टकको मूल्य घटेको छ भने ९ स्टकको शेयर मूल्य स्थीर रहेको छ। तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, स्वेतगंगा हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ८.७६ प्रतिशतले बढेर ४१९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यसदिन नाग्दी ग्रुप पावर लिमिटेड, लक्ष्मी सनराइज बैंक, राधी जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्