Kathmandu Press

पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा आचार्य पन्थी नियुक्त

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पन्थीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।
पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा आचार्य पन्थी नियुक्त

काठमाडौं, मंसिर २३ :नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य सचिवमा नियुक्त गरेकी हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पन्थीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।

Hardik ivf

पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। समितिको सदस्यसचिवमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो। पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो नम्बरमा सिफारिस भएका पन्थीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेकी हुन्।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय संघसंस्थामा क्रियाशिल व्यक्ति हुन्। उनी नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दु महासंघ लगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रही कुशल कार्यसम्पादन गरेका थिए।

पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य समेत भएर काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव समेत हुन्। कार्यकारी निर्देशकमा नियुक्त भएपछि पन्थीले सम्पूर्ण संस्कृति, परम्परा, रिति रिवाजको अपनत्व हुने आफुले कार्यसम्पादन गर्ने बताएका छन्।

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा. शम्भुप्रसाद ढकाल र सदस्यहरुमा प्राडा देवमणि भट्टराई, उपप्रा.डा. नारायणप्रसाद निरौला, रतिदेवि जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भैसकेका छन्।

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्