अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको हो।
भोजपुर, मंसिर २३ : भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ।
कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।
स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको हो।
यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको बताइएको छ।
मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा थियो।
प्रकाशित मिति: १२:११ बजे, मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












