Kathmandu Press

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं, मंसिर २२ : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ। 

कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
 
प्रकाशित मिति: ११:१५ बजे, सोमबार, मंसिर २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्