Kathmandu Press

लिगको अन्तिम खेलमा कर्णालीले जनकपुरलाई दिए १३० रनको लक्ष्य

कीतिपुस्थित टियू मैदानमा जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको झिनो लक्ष्य दिएको छ। 
लिगको अन्तिम खेलमा कर्णालीले जनकपुरलाई दिए १३० रनको लक्ष्य

काठमाडाैं, मंसिर २१ : नेपाल प्रियिमर लिगको सिजनमा आज लिग चरण्को अन्तिम खेल भइरहेको छ। कीतिपुस्थित टियू मैदानमा जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको झिनो लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो। उसका लागि ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए। उनको यो पहिलो खेल हो।

यस्तै गुल्सन झाले २० बलमा १९ रन बनाउँदा कप्तान सोमपाल कामीले १० बलमा १८, प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए। 

बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले समान २ विकेट लिए। 

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, मंसिर २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्