Kathmandu Press

कालापानी अब फिर्ता ल्याएरै छोडिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता व्य....

कालापानी अब फिर्ता ल्याएरै छोडिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले कुटनीतिक पहलमार्फत अतिक्रमित भूमी फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पास भएको छ। लिमियाधुरा, लिपुलेकसहित कालापानी हाम्रो भूभाग हो। १८ सालसम्म जनगणना गर्ने र तिरो उठाउने काम भइररहेको थियो। त्यसपछि त्यहाँ तिरो उठाउन जान रोक्ने काम भयो,’ उनले भने, ‘सन् १९६२ मा त्यहाँ भारतीय सेना कालापानीमा बसेर हामी ब्लक गरेका हुन्। त्यसबेला शासकहरुले सहे। त्यो विषय ताजा विषयकोरुपमा नभएकाले अझेलमा परेको हो। अब लिम्पियाधुरा, लिपुलेक, कालापानी ओझेलमा पर्न दिइँदैन। हाम्रो भूभाग हामी फिर्ता लिएरै छोड्छौं।’

यो विषयमा भारतले बेकारको विवाद निकालेको भन्दै उनले कूटनीतिक वार्ताको माध्यमबाट वार्ता गरी भूमी फिर्ता ल्याउने बताए।

‘कुनै चलाखीको हिसाबले तथाकथित राष्ट्रवाद देखाउनका लागि यो गरिएको होइन। यो कुनै तमासा गरिएको होइन,’ उनले भने, ‘संविधान संशोधनको प्रस्ताव सदनमा आउने छ र पारित हुन्छ। म ठान्छु, संविधानको अनुसूची ३ नेपालको नक्सासमेत अंकित छ। संसदले पारित गरेका दिन, देशमा दिपावली हुनेछ।’

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्