Kathmandu Press

धनगढीमा नयाँ कोरोना अस्पताल भवन तयार

काठमाडौं, जेठ ६ : कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि धनगढीमा नयाँ अस्पताल भवन तयार गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गोरखा ईको प्य....

धनगढीमा नयाँ कोरोना अस्पताल भवन तयार

काठमाडौं, जेठ ६ : कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि धनगढीमा नयाँ अस्पताल भवन तयार गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गोरखा ईको प्यालनको प्रयोगबाट अस्पताल निर्माण गरेको हो। धनगढी उपमहानगरपालिका–१ स्थित वडा प्रहरी कार्यालयको विपरित दिशातर्फ रहेको जिल्ला समन्वय समिति, कैलालीको जमिनमा ५० सय्याको अस्पताल निर्माण गरिएको हो। अस्पतालमा ठूलो हलसहित आइसोलेसन बेड तयार गरिएका छन्।

कारखानामा पहिला नै प्रिफ्याब प्यानल (भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने) तयार पारिने भएकाले एक महिनामै अस्पताल भवनको निर्माण सम्भब भएको गोरखा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंले बताए। कोरोना महामारीको विषम परिस्थितिमा अस्पताललगायतका संरचना तीव्र रुपमा निर्माण गर्न यो प्यानल उपयोगी हुने उनको भनाइ छ।

अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। ज्सले गर्दा नियमित उपचार गर्ने बिरामीलाई समस्या भएको थियो। छुट्टै कोरोना अस्पताल सञ्चालनमा आएपछि उपचारमा सहज हुने चिकित्सकहरुले बताएका छन्।

यो अस्पताल सेती प्रादेशिक अस्पतालअन्तर्गत नै रहनेछ। अब आवश्यक स्वास्थ्य उपकरण जडान गरेर सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ।

 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्