चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन
हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो।---2025-12-06T175531.205-1765023111.jpg)
रौतहट, मंसिर २० : रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन्।
उनीहरुले शनिबार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए।
राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सुचारु गरेको हो।
हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो।
-(56)-1765023120.jpg)
दुर्घटनामा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल घाइते भएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको र दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन्।
अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर सडक खण्डमा कुनै अवरोध नरहेको र निर्वाध रुपमा सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
-(15)-1765023641.png)

-(20)-1765017435.jpeg)



-(15)-1765023641.png)





---2025-12-06T175531.205-1765023111.jpg)