प्याकेज देखाउने र रहरको विषय होइन : प्रधानमन्त्री
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज देखाउने र रहरको विषय नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधीसभ....

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज देखाउने र रहरको विषय नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधीसभामा मंगलबार जवाफ दिँदै उनले राहत प्याकेज रहरको विषय नभएको बताएका हुन्।
‘कतिपय माननीय ज्यूहरुले प्याकेजको कुरा गर्नु भएको छ। तर, प्याकेज देखाउने र रहरको विषय होइन,’ उनले भने, ‘हामी जस्तो अवस्थामा छौं। त्यस अनुसार अर्थतन्त्रका सम्बन्धमा होस् वा अन्य विषयमा हाम्रा नीति र व्यवहार निर्देशित हुनुपर्छ।’
उनले जनतासँग छलछाम गर्न नसक्ने र नगर्ने भन्दै राहत प्याकेज राम्रो हिसाबकिताब गरेर ल्याइने बताए। ‘प्याकेज राम्रो हिसाबकिताब गरेर ल्याउनुपर्न। जुन राज्यले धान्न सकोस्,’ उनले भेन, ‘जो बेरोजगार भएका छन्। जसको आम्दानी रोजगारी गुमेका कारणले गुमेका छ। रोजगारीका अवसर उपलब्ध गराउने हो। यो नै दिगो बाटो हो।’











