सुदूरपश्चिममाथि विराटनगरको सानदार जित, १४८ रनको लक्ष्य १२ ओभरमा चेज गर्दै क्वालिफायर १मा
शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको चुनौतीपूर्ण लक्ष्य १२ ओभरमा चेज गर्दै विराटरनले अंक तालिकामा शीर्ष २ मा रहँदै क्वालिफायर १मा स्थान पक्का गरेको हो।
काठमाडाैं, मंसिर २० : सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै विराटनगर किंग्स नेपाल प्रियिमर लिगको क्वालिफायर १मा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको चुनौतीपूर्ण लक्ष्य १२ ओभरमा चेज गर्दै विराटरनले अंक तालिकामा शीर्ष २ मा रहँदै क्वालिफायर १मा स्थान पक्का गरेको हो।
लिगमा शीर्ष २मा रहन विराटनगरलाई १४८ रनको लक्ष्य १३.४ ओरभमा पुरा गर्नुपर्ने थियो। उसले १२ ओभरमा लक्ष्य भेट्टायो। योसँगै उसले १० अंकसहित दोस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजलाई रनरेटमा पछि पारेको छ।
अब विराटनगरले क्वालिफायर १मा शीर्ष स्थानको सुदूरुपश्चिम रोयल्ससँगै खेल्नेछ। सुदूरपश्चिमले यसअघि लागतार ६ खेल जितेको थियो। यो खेल मंगलबार हुनेछ। यता, तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं र लिम्बनी लायन्सले एलिमिनेटर खेल्ने छन्।
विराटनगरलाई सानदार जित दिलाउने क्रममा फाफ डु प्लेलिस र साम हेजलेटले सानदार ब्याटिङ गर्दै मेडन अर्धशतक बनाए। डु प्लेलिससले २० बलमा ५ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए भने हेजलेटले २७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए।
यस्तै, मार्टिन गप्तिलले ९ बलमा ३ छक्का मद्दतमा २२ र बनाउँदा प्रतिश जिसीले ३ बलमा २ छक्का मद्दतमा १३ रन बनाए। बलिङमा अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन बनायो। उसका लागि आरिफ सेखले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, इशान पाण्डेले ३५ बलमा समान २ चौका र छक्का मद्दतमा ३८ रन बनाए। आरिफ र इशानले तेस्रो विकेटका लागि ७२ रनको उत्कष्ट साझेदारी गरेका थिए। जोश ब्राउनले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए।
बलिङमा विराटनगरका लािग कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए। योसँगै उनले प्रतियोगितामा १५ विकेट लिएका उनले सर्वाधिक विकेट लिनेका सूचीमा शीर्ष स्थानमा छन्। यस्तै, प्रतिश जिसीले २ र बासिर अहमदले १ विकेट लिए।







-(55)-1765012331.jpg)




