विराटनगरलाई सुदूरश्चिमले दियो १४८ रनको लक्ष्य
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन बनायो। उसका लागि आरिफ सेखले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
काठामडाैं, मंसिर २० : अपराजित रहँदै क्वालिफायरमा पुगिसकेको सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिगको समूहको अन्तिम खेलमा विराटगनर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन बनायो। उसका लागि आरिफ सेखले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, इशान पाण्डेले ३५ बलमा समान २ चौका र छक्का मद्दतमा ३८ रन बनाए। आरिफ र इशानले तेस्रो विकेटका लागि ७२ रनको उत्कष्ट साझेदारी गरेका थिए। जोश ब्राउनले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए।
बलिङमा विराटनगरका लािग कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए। योसँगै उनले प्रतियोगितामा १५ विकेट लिएका उनले सर्वाधिक विकेट लिनेका सूचीमा शीर्ष स्थानमा छन्। यस्तै, प्रतिश जिसीले २ र बासिर अहमदले १ विकेट लिए।
यो लक्ष्य १३.४ ओभरमा चेज गर्न सके विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै क्वालिफायर १मा पुग्ने छ। अन्यथा जित वा हारले उसले एलिमिनेटर खेल्ने छ।












