Kathmandu Press

अन्तबाट आएको भाइरस भन्दा भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य ठाँउबाट आएको भाइरस भन्दा भारतबाट आएको कडा भएको बताएका छन्। मंगलबार नीति तथा कार्यक्रममाथि उठेका ....

अन्तबाट आएको भाइरस भन्दा भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य ठाँउबाट आएको भाइरस भन्दा भारतबाट आएको कडा भएको बताएका छन्। मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधीसभामा जवाफ दिँदै उनले चीन, इटाली र दुवैबाट आएको भाइरस भन्दा भारतबाट आएको कडा भएको बताएका हुन्।

‘वुहानबाट संक्रमित भएर आएको नरम भएर देखिएको थियो। इटाली र दुवै पनि नरम देखिएको थियो। तर, भारतबाट आएको कडा भाइरस देखिएको छ,’ उनले भने।

उनले नेपाल कोरोना मुक्त घोषणा गर्न केन्द्रीत भएको तर बाहिरबाट आउनेलाई रोक्न नसक्दा सफल नभएको बताए। ‘हामीले कोरोना मुक्त घोषणा गर्ने तयारी गरेका थियौं। तर बाहिरबाट आउनोके संख्या रोक्न सकिएन। जनप्रतिनिधीको दवाव र सिमा आएकालाई रोक्न सकेनौं,’ उनले भने, ‘३७७ जना रोक्न सकिने स्थिती हो। नियन्त्रण गर्न सक्छौं।  तर अस्था भयावह हुन पनि सक्छ।’

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्