प्रधानमन्त्रीले भने, ‘कोरोनाले भन्दा अरु रोगले मृत्यु भएको हुन सक्छ’
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण निधन भएका दुई जनामा कोरोनाभन्दा पनि अरु रोग हुन सक्ने बताएका छन्। मंगलबार संघीय सं....

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण निधन भएका दुई जनामा कोरोनाभन्दा पनि अरु रोग हुन सक्ने बताएका छन्। मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनालेभन्दा अन्यले निधन भएको हुन सक्ने बताएका हुन्।
‘कोभिड–१९ नेपालमा पनि प्रवेश गरेको छ। नेपालीहरुमा संक्रमण भएको छ। निधन नभएका छन्। निधन भएका पनि अन्य कुराले निधन भएको हुन सक्छ’ प्रधानमन्त्रीले भने, ‘दुःख व्यक्त गर्दछु। हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाका कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो प्रयास विभिन्न कारणले असफल भएको छ।’
ओलीले सरकारले कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाएको पनि बताए। ‘सबैभन्दा धेरै परीक्षण र भरपर्दो ढंगले परीक्षण गरेका छौ । क्वारेन्टाइनलाई प्रभावकारी बनाउने काम गरेका छौं’ ओलीले भने, ।
प्रधानमन्त्रीले क्वारेन्टाइनको साधारण क्षमता ५७ हजार ९ सय ४ वेड तयार रहेको बताए ।











