भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु
काठमाडौं, जेठ ६ : भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भए....

काठमाडौं, जेठ ६ : भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।
उनी विगत चार महिनादेखि टिबीको औषधि लिइरहेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार राति भरतपुर अस्पताल लगिएको थियो।
उनको मृत्युको कारण भने खुलेको छैन।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको कारण सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाइएको थियाे।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











