Kathmandu Press

भीम र चार्ल्सवर्थकाे अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

भीम सार्की र बेन चार्ल्सवर्थले नेपाल प्रिमियर लिगमा आफ्नो पहिलो अर्धशतक बनाएपछि काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
भीम र चार्ल्सवर्थकाे अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमडौं, मंसिर १८ : भीम सार्की र बेन चार्ल्सवर्थले नेपाल प्रिमियर लिगमा आफ्नो पहिलो अर्धशतक बनाएपछि काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले ८ विकेटको क्षतिमा १६५ रन बनायो। उसका लागि वेन चार्ल्सवर्थले सर्वाधिक ६४ रन बनाए। उनले ५५ बलमा ५ चौका र २ छक्का मद्दतमा ६४ रन बनाए।

यस्तै, विस्फोटक ब्याटिङ गरेका भीमले २३ बलमा ५ चौका र ४ छक्का मद्दतमा ५५ रन बनाए। यी दुईले छैठौं विकेटका लागि छैठौं विकेटका लागि ७६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यी दुर्इृ बाहेक मिलिन्द कुमारले १३ रन बनाए।

बलिङमा पोखरामा धनन्जय लक्सनले ४ ओभरमा १ मेडनसहित ४ विकेट लिए भने कप्तान कुशल भुर्तेलले २ र विपिन खत्री तथा किरण ठगुन्नाले समान १ विकेट लिए।

प्ले अफ आशा जिवितै राख्न पोखराले आजको खेल जित्नै पर्ने छ। काठमाडौं भने आजको खेल जित्दै शीर्ष २ मा लिग सकाउन चाहन्छ। हारले पनि उसको प्लेअफ आशा कायमै रहने छ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, मंसिर १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्