Kathmandu Press

नेपाली हार्न जानेको जाती होइन, यसले कोरोनासँग जित्छौं : शर्मा

काठमाडौं, जेठ ६ : राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेपाली जातीले हार्न नजान्ने भएकाले कोरोनालाई पनि सजिलै जित्ने बताएका छन्।

....

मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शर्माले बेलाबखत आउने महामारीसँग संघर्ष गर्नुपर्ने पनि बताए ।

उनले भने, 'वेलाबखत आउने महामारीलाई संघर्ष गरेर जित्छौँ, नेपाली जाती भनेको संघर्ष गर्दै आएको हो र हामी जित्छौँ। कहित्यै पनि नेपाली जातीले हार्दैन। हार्न जानेको जाती होइन, यसले जित्छ हामी जित्छौँ।’

उनले कोरोनालाई जित्नका लागि दृढ संकल्प र आत्मविश्वासका साथ अघि बढ्न पनि आग्रह गरे। नेता शर्माले देश निर्माणमा सत्तापक्ष, प्रतिपक्ष तथा जनतासँगै रहेको बताए।

उनले नीति तथा कार्यक्रमअनुसार नै आगामी बजेट ल्याउनुपर्ने बताए। पूर्वमन्त्री शर्माले अहिलेको संयन्त्रलाई बदलेर बजेट कार्यान्वयन गर्ने प्रभावकारी संयन्त्र बनाउन पनि सुझाएका छन्।

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्