Kathmandu Press

एनपिएल : विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको चुनौतीपूर्ण लक्ष्य

टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो।
एनपिएल : विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडाैं, मंसिर १७ : नेपाल प्रियिमर लिग अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो।

उसका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र छक्का प्रहार गरे। यस्तै, बसिर अहमदले १९ बलमा २८ रन बनाउँदा साम हेजलेटले २० बलमा २७ रन बनाए।

Hardik ivf

यता, एनिपएलमा डेब्यू गरेका दक्षिण अफ्रिकी स्टार खेलाडी फाफ डु प्लेपिसस ९ बलमा १२ रन बनाएर आउटा हुँदा प्रतिशत जिसीले ११ र मर्चेन्ट डे ल्याङले १० रन बनाए।

विराटनगरलाई सस्तैमा रोक्ने क्रममा शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदा जेजे स्मिथल अविशेष गौतम र रुवेन त्रुमपेलमनले समान १ विकेट लिए।

प्ले अफको आशा कायमै राख्न लुम्बनी लायन्सलाई जित अवाश्यक छ।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्