Kathmandu Press

ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन् : मेयर महर्जन

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए। 
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन् : मेयर महर्जन

काठमाडौं, मंसिर १७ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन्। 

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए। 

Hardik ivf

‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ। ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं,’ उनले भने, ‘त्यो सबै नै अपाङ्गतामैत्री छ। हामीले धेरै वटा स्कुलहरू बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ।’

यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिहरुको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए। 

जलाइएको अपाङ्गतामैत्री गाडीेभन्दा राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको र दुई वटा दम्कलको लागि पनि काम अघि बढेको उनको भनाई छ।  

‘हामीले अपाङ्गतामैत्री गाडी जुन जलाइयो त्योभन्दा पनि राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको छ । यसको साथै दुई वटा दम्कलको लागि पनि अघि बढेका छौं। यस्तै कार्यमा हामी क्रियाशिल भइरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: १६:१० बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्