हार्न नजान्ने नेपालीले कोरोनालाई पनि सजिलै जित्छौं : सांसद शर्मा
काठमाडौं, जेठ ६ : नेपाल कम्युनिष्ट पार्टीका सांसद दीनानाथ शर्माले नेपालीले हार्न नजान्ने भएकोले कोरोनालाई पनि सजिलै जित्ने बताएका छन्। नीति तथा क....

काठमाडौं, जेठ ६ : नेपाल कम्युनिष्ट पार्टीका सांसद दीनानाथ शर्माले नेपालीले हार्न नजान्ने भएकोले कोरोनालाई पनि सजिलै जित्ने बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद शर्माले बेलाबखत आउने महामारीलाई संघर्ष गरेर जित्ने बताएका हुन्।
उनले कोरोनालाई जित्नका लागि दृढ संकल्प र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेका छन्। नेकपाको राष्ट्रियसभाका संसदीय दलका नेतासमेत रहेका शर्माले देश निर्माणमा सत्तापक्ष, प्रतिपक्ष तथा जनतासँगै रहेको बताए। उनले नीति तथा कार्यक्रमअनुसार नै आगामी बजेट ल्याउनुपर्ने बताए।
पूर्वमन्त्री शर्माले अहिलेको संयन्त्रलाई बदलेर बजेट कार्यान्वयन गर्ने प्रभावकारी संयन्त्र बनाउन पनि सुझाएका छन्।











