Kathmandu Press

गोकुल बाँस्कोटाको षडयन्त्रमा ज्यान मार्ने खोजिएको भन्दै विजय मिश्रले मागे सुरक्षा 

काठमाडौं, जेठ ६ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो ज्यान मार्ने षडयन्त्र गरेको भन्दै विजयप्रकाश मिश्रले सुरक्षा माग गरेका छन्। सेक्युरिटी प्....

गोकुल बाँस्कोटाको षडयन्त्रमा ज्यान मार्ने खोजिएको भन्दै विजय मिश्रले मागे सुरक्षा 

काठमाडौं, जेठ ६ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो ज्यान मार्ने षडयन्त्र गरेको भन्दै विजयप्रकाश मिश्रले सुरक्षा माग गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक गरेका मिश्रले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा उनले बाँस्कोटाको योजनामा ज्यान मार्ने षडयन्त्र भएको उललेख गरेका छन्। टोखा नगरपालिका वडा नम्बर ११ बस्दै आएका मिश्रले गत वैशाख ३० गते मध्यान्ह १२ बजे चार जना मोटरसाइकलमा आएका मानिसले आफ्नो घरको फोटो लिएर गएको र तीमध्ये दुई जना भारतीय नागरीक भएको निवेदनमा उल्लेख गरेका छन्।

फोटो खिचेर रेकी गर्ने काम पूर्वसञ्चारमन्त्री बाँस्कोटाकै योजनामा भएको दाबी गर्दै मिश्रले बाँस्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइरहेको समेत निवेदनमा लेखेका छन्।

‘यो मलाई नै मार्ने किसिमले गरेको पूर्व नियोजित षड्यन्त्र हो भन्ने लागेको छ। सार्वजनिक लेखा समितिका सदस्यहरु सूर्य पाठक, प्रेम बहादुर आले र पूर्वमन्त्री गोकुल बाँस्कोटाको हात छ,’ उनले निवेदनमा भनेका छन्।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्