रोसिङ्टनले बनाए टि–२०मा करिअकै पहिलो शतक
नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले करिअरकै पहिलो शतक बनाएका हुन्। उनले १०८ रनमा नटआउट रहेका उनले ५५ बलमा करिअरको पहिलो शतक बनाए।
काठमाडाैं, मंसिर १६ : इंग्लिस विकेटकिपर ब्याट्सम्यान एडम रोसिङ्टनले टि–२० क्रिकेटमा करिअरकै पहिलो शतक बनाएका छन्।
नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले करिअरकै पहिलो शतक बनाएका हुन्। उनले १०८ रनमा नटआउट रहेका उनले ५५ बलमा करिअरको पहिलो शतक बनाए।
३२ वार्षीय रसिङ्टनले यअसघि १८६ टि–२० खेल खेलेपनि शतक बनाउन सकेका थिएनन्। ३५ बढी रन बनाएका उनले यसअघि उच्च स्कोर ९५ थियो।
यो शतकसँगै उनी जारी एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पुगेका छन्। उनले ५ खेलमा २४६ रन बनाएका छन्।
प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)






