पूर्वमन्त्री बाँस्कोटाको षडयन्त्रमा ज्यान मार्न खोजिएको भन्दै विजय मिश्रले मागे सुरक्षा
काठमाडौं, जेठ ६ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ज्यान मार्ने षडयन्त्र गरेको भन्दै विजयप्रकाश मिश्रले सुरक्षा माग गरेका छन्।
सेक्युरिट....

काठमाडौं, जेठ ६ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ज्यान मार्ने षडयन्त्र गरेको भन्दै विजयप्रकाश मिश्रले सुरक्षा माग गरेका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक गरेका मिश्रले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्। उनले बाँस्कोटाको योजनामा ज्यान मार्ने षडयन्त्र भएको आरोप लगाएका छन्।
टोखा नगरपालिका-११ मा बस्दै आएका मिश्रले वैशाख ३० गते मध्यान्ह १२ बजे चार जना मोटरसाइकलमा आएका मानिसले आफ्नो घरको फोटो लिएर गएको र तीमध्ये दुई जना भारतीय नागरिक भएको निवेदनमा उल्लेख गरेका छन्।
फोटो खिचेर रेकी गर्ने काम पूर्वसञ्चारमन्त्री बाँस्कोटाकै योजनामा भएको उनको दाबी छ। बाँस्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइरहेको समेत उनले निवेदनमा खुलाएका छन्।
यो मलाई नै मार्ने किसिमले गरेको पूर्व नियोजित षड्यन्त्र हो भन्ने लागेको छ। सार्वजनिक लेखा समितिका सदस्यहरु सूर्य पाठक, प्रेमबहादुर आले र पूर्वमन्त्री गोकुल बाँस्कोटाभको हात छ,’ उनले निवेदनमा भनेका छन्।
बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए। त्यसपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिनुपरेको थियो।











