Kathmandu Press

भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई गम्भीर घाइते

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्। 
भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई गम्भीर घाइते

भोजपुर, मंसिर १६ : भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ। 

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्। 

Hardik ivf

प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो। 

बिरामीलाई होम्ताङ पु¥याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताए।
 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्