Kathmandu Press

तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो।
तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स

काठमाडौं, मंसिर १६ : विगत तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो। 

Hardik ivf

अघिल्लो वर्षको यही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो।

चालु आवको पहिलो महिना साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशत बढेर १ एक खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। 

कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड पुगेको छ । आयात १९ दशमलव आठ प्रतिशतले बढेको छ।

चालु आवको पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो। तथ्याङक अनुसार चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव ६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड कायम भएको छ।

यस अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्