Kathmandu Press

हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद

सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएपछि स्थानीयमा दबाब र अनिश्चितता थपिएको छ। 
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद

मकवानपुर, मंसिर १६ : हेटौंडाको मुख्य राजमार्गलाइ (२५/२५ गज) विस्तार गर्ने विषय फेरि तनावपूर्ण मोडतिर अघि बढेको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएपछि स्थानीयमा दबाब र अनिश्चितता थपिएको छ। 

Hardik ivf

सूचना अनुसार करिब ९.५ किलोमिटर सडक खण्डभित्र पर्ने ५३१ संरचना राज्यको स्वामित्व क्षेत्रभित्र परेका छन्। दायाँ २३४ र बायाँ २९७ संरचनालाई ‘अतिक्रमण’को सूचीमा राखिएको छ।

डिभिजनले सर्वोच्च अदालतको २०८० कार्तिक १७ को आदेश र राजमार्ग व्यवस्था ऐन, २०२१ लाई आधार मानेर सूचना जारी गरेको हो। अदालतले राजमार्गको केन्द्ररेखाबाट दायाँ–बायाँ २५÷२५ गज क्षेत्रमा व्यक्तिले संरचना निर्माण गर्न नसक्ने र बनेका संरचनाले कुनै हक दाबी गर्न नपाउने स्पष्ट पारेको छ।

‘निवेदकले जानीजानी अतिक्रमण गरी निर्माण गरेको संरचनाले कुनै हक सिर्जना गर्दैन । हटाउँदा आवास वा सम्पत्तिको हक उल्लंघन हुँदैन। यसले क्षतिपूर्तिको मागलाई पनि स्वतः अस्वीकार गरिदिएको देखिन्छ,’ अदालतको आदेशमा भनिएको छ।

यही विवादबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमबार सर्वदलीय छलफल भयो, जहाँ सबै राजनीतिक दलका प्रतिनिधिले सडक विस्तार ‘अपरिहार्य’ भएको स्वीकार गरे तर कार्यान्वयनका जोखिम र व्यवस्थापन चुनौती अझै ठूलो रहेको उल्लेख ग
 

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्