Kathmandu Press

नेपाली सेनाले चीनबाट ल्यायाे १८.१८ टन औषधि

काठमाडौं, जेठ ६ : नेपाली सेनाले चीनबाट कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक औषधि ल्याएको छ। मंगलबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत औषध....

नेपाली सेनाले चीनबाट ल्यायाे १८.१८ टन औषधि

काठमाडौं, जेठ ६ : नेपाली सेनाले चीनबाट कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक औषधि ल्याएको छ। मंगलबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत औषधि ल्याइएको हो।

सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट १८.१८ टन औषधि ल्याएको हो। यस अघि सडकमार्गबाट औषधि ल्याएको थियो।

सरकारले जीटुटीबाट औषधि खरिद गर्न सेनालाई जिम्मा दिएको थियो। त्यसको डेढ महिनापछि औषधि आएको हो।

मंगलबार हवाइमार्गबाट ल्याइएको औषधिमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायत रहेका छन्। सोमबार बेलुका चीन प्रस्थान गरेको विमान आज फर्किएको हो।

कोरोना भाइरसको संक्रमणसँग लड्न आवश्यक औषधि ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। यस अघि सडकमार्गबाट नौ टन औषधि आएको थियो।

सेनाले चीनबाट ६७ प्रकारका औषधि खरिद गर्ने सम्झौता गरेको छ। सेनाले ल्याउने तीन सय ४२ टन औषधिका लागि दुई अर्ब रुपैयाँ बुझाइसकेको छ।

 

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्