कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ।(1)-1764599510.jpeg)
मोरङ, मंसिर १५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन्।
सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याए।
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ।
‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सुधार गर्दै प्राथमिकताका आधारमा बजेट विनियोजन हुनेछ,’ उनले भने।
२०७५ सालमा पहिलोपटक ४६ अर्बको प्रदेश बजेट बनेको स्मरण गर्दै हाल बजेट ३६ अर्बमा झरेको परिस्थितिले अपेक्षित काम गर्न कठिनाइ बढेको उल्लेख गरे। जनताको आवश्यकता, विशेषगरी पूर्वाधार र सडक निर्माणका माग तीव्ररूपमा बढ्दो अवस्थामा देशकै अर्थतन्त्र कमजोर भएकोले बजेटको आकार घटेको र त्यसको असर कामकारबाहीमा परेको उनको भनाइ थियो।
मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा ‘कनिका छर्नेजस्तो’ बजेट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै अब प्रदेश सरकारले स्पष्ट प्राथमिकताका आधारमा बजेट खर्च गर्ने बताए ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)