Kathmandu Press

उच्चस्तरीय समितिको बैठक बस्दै, विदेशबाट नेपाली ल्याउनेबारे छलफल

काठमाडौं, जेठ ६ : विदेशमा रहेका नेपालीलाई फर्काउने विष्यमा छलफल गर्न कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको....

उच्चस्तरीय समितिको बैठक बस्दै, विदेशबाट नेपाली ल्याउनेबारे छलफल

काठमाडौं, जेठ ६ : विदेशमा रहेका नेपालीलाई फर्काउने विष्यमा छलफल गर्न कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको छ।

कोरोना महामारीका कारण विदेशमा थुप्रै नेपाली अलपत्र परेका छन्। कयौंले घर फर्किन इच्छा गरेका छन्।

उच्चस्तरीय समितिको बैठकमा विदेशमा रोजगारी गुमाएर घर फर्किने खोजेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा छलफल हुने जनाएको छ। उनीहरुलाई नेपालले ल्याएर कसरी व्यवस्थापन गर्ने भन्ने मोडालिटीका विषयमा निक्र्योल गर्ने जनाएको छ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दैछन्। नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिनेछन्। त्यसअघि उच्चस्तरीय समितिको बैठक बसेर विदेशमा रहेका नेपालीबारे पनि निर्णय गर्ने जनाएको छ।

त्यसकै आधारमा प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिने भएका छन्।

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन विषयमा सर्वोच्च अदालतले पनि आदेश दिएको छ। त्यस्तै, संसदीय समितिहरुले पनि विदेशमा रहेका नेपालीलाई फर्काउन निर्देशन दिएका छन्।

भारतमा रहेका नेपाली आफै स्वदेश फर्किँदै छन्। भारतबाहेका देशबाट जहाज चार्टर गरेर ल्याउनु पर्नेछ। त्यसका लागि परराष्ट्र मन्त्रालयले पनि छलफल गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्